Kathmandu Press

नेपाली कांग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी

चितवन, भदौ १९ : नेपाली कांग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन्। जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ। जिल्ला...
नेपाली कांग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी

चितवन, भदौ १९ : नेपाली कांग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन्। 

जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ। जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ।

Hardik ivf

जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन्। पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन्।

नेपाली कांग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन्। 

जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ। अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ। हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ। क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन्। यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ। 

जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन्। आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ। त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ। यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ। श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ। कोहीको आउने क्रममा छ।

जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो। पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए। जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ। निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन्। सबै वडामा प्रतिनिधि तोकिएको छ। 

जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ। जिल्लामा तीन वटा क्षेत्र रहेको छ। देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ।
 

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्