Kathmandu Press

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौं, भदौ १९ : ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो...
‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौं, भदौ १९ : ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो। महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो। 

Hardik ivf

काठमाडौं उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, प्रहरी उपरीक्षक एवं प्रवक्ता सञ्जिव शर्मा दासलगायतको उपस्थितिमा २०० बोटबिरुवा रोपण गरिएको छ। 

सो अवसरमा तेजपत्ता २५, धुपी १२, अम्बा सात, चिउरी आठ, रुद्राक्ष १६, रिठ्ठा १४, शिरिष नौ, मलागिरी पाँच, बकाइनो आठ र कल्की फूल १० लगायतका फलफूल तथा बोटबिरुवा रोपिएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १३:२६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्