Kathmandu Press

अर्घाखाँचीमा मिनि बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची, भदौ १९ : अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन्।काठमाडौंबाट सन्धिखर्क...
अर्घाखाँचीमा मिनि बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची, भदौ १९ : अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन्।

काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनिबस आज बिहान ५ बजे शीतगङ्गा नगरपालिका ३ ठाडामा दुर्घटना भएको हो।

Hardik ivf

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए।

घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। घाइते ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ।

प्रकाशित मिति: ०८:३४ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्