Kathmandu Press

सेजन अध्यक्षमा बराल निर्वाचित

काठमाडौं, भदौ १८ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन्।...
सेजन अध्यक्षमा बराल निर्वाचित

काठमाडौं, भदौ १८ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन्। उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरेका छन्।

निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन्। सदस्यमा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता चेतबहादुर अधिकारी(सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन्।

यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो। उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थीलगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: २०:४८ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्