Kathmandu Press

पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने सडक अवरुद्ध

किमाथाङ्का, भदौ १८ : पहिरोले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने छ्याङ्कुटी–दिदिङ सडकखण्ड अवरुद्ध भएको छ। बिहीबार राति...
पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने सडक अवरुद्ध

किमाथाङ्का, भदौ १८ : पहिरोले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने छ्याङ्कुटी–दिदिङ सडकखण्ड अवरुद्ध भएको छ। बिहीबार राति पहिरो खस्दा अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडकखण्डको चिचिला गाउँपालिकामा सडक अवरुद्ध भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। 

लगातारको वर्षापछि छ्याङ्कुटी–दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ। छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुँदा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधनबीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध सडकखण्डको पहिरो हटाउन शुक्रबार दिउँसोदेखि नै थालिएको प्रजिअ पौडेलले बताए। पहिरो हटाउन अरुण तेस्रो आयोजनाको दुई वटा स्काभेटरले काम गरिरहेको प्रजिअ पौडेलले बताए। उनका अनुसार शनिबार दिउँसोसम्म पहिरो हटाउने कामसकेर सडक पुनः सञ्चालन गरिने छ।

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्