Kathmandu Press

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार
Hardik ivf

काठमाडौं, भदौ १८ : अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र आज एक जना काठमाडौँ आइपुगेको बताएको छ। काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ। 

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले जनाएको छ। आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ। अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ।

प्रकाशित मिति: १९:४२ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्