Kathmandu Press

बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

बैतडी, भदौ १८ : बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन सकेको छैन। देशका अधिकांश जिल्लामा आज वडा अधिवेशन जारी रहेको भए...
बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

बैतडी, भदौ १८ : बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन सकेको छैन। देशका अधिकांश जिल्लामा आज वडा अधिवेशन जारी रहेको भए पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको छ।

अधिवेशनका लागि आवश्यक तयारी नपुगेकाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘वडा अधिवेशनका लागि आवश्यक पर्ने तयारी नपुगेकाले २१ गतेका लागि हामीले सारेका हौँ, सोही दिन जिल्लाका ८४ वटै वडामा अधिवेशन हुन्छ।’

निर्वाचन अधिकृत पुष्पराज जोशी जिल्ला आइसेकेपछि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त भइसकेका छन्। मतदान अधिकृत नियुक्त गरी उनीहरुलाई आवश्यक प्रशिक्षण दिएर सम्बन्धित केन्द्र पठाइसकिएको उपसभापति चन्दले बताए।  

Hardik ivf

यसका साथै उनीहरुलाई मतदान सामग्रीहरुसमेत उपलब्ध गराइने छ। यस्तै क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिइएको छ।  

वडादेखि जिल्लास्तर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेपाली कांग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए। कांग्रेस बैतडीको पहिलो प्राथमिकता सर्वसम्मत रुपमा नेतृत्व चयन हुनपर्छ भन्ने हो, सोहीअनुसारको कसरत जारी रहेको विष्टको भनाइ छ। उनले भने, ‘सबै तहमा सर्वसम्मत चयनका लागि प्रयास हुनेछ, त्यसो हुन नसेके लोकतान्त्रिक विधि प्रक्रियानुसार चुनावमा जानेछौँ।’

बैतडीमा ६ हजार ६०० क्रियाशील सदस्य रहेका छन् । 

यसैबीच कांग्रेसले हाल जिल्लाका स्थानीय तहमा जारी राखेको प्रशिक्षण कार्यक्रम सकिएको छ। कांग्रेसको सङ्गठनलाई बलियो बनाउन र नयाँ विधानका बारेमा जानकारी दिन कांग्रेस क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिन सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो।  

भदौ ९ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम जिल्लाका दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँ पालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। सबै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम गर्ने लक्ष्य रहेको भए पनि वर्षाका कारण सबै ठाउँमा गर्न नसकिएको जनाइएको छ।  

मङ्सिर ९ गतेदेखि १३ गतेसम्म १४औँ महाधिवेशन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने जनाएको छ।

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्