Kathmandu Press

पारा ओलम्पिकमा कास्य जित्नबाट चुकिन पलेशा

काठमाडौं, भदौ १८ : जापानमा जारी पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन कास्य पदक जित्नबाट वञ्चिच भएकी छिन्। कास्यका लागि भएको रिपिचेज...
पारा ओलम्पिकमा कास्य जित्नबाट चुकिन पलेशा

काठमाडौं, भदौ १८ : जापानमा जारी पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन कास्य पदक जित्नबाट वञ्चिच भएकी छिन्। कास्यका लागि भएको रिपिचेज फाइनलमा पराजित भएपछि पलेशा पदक जित्न असफल भएकी हुन्।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा रिपिचेज फाइनलमा चिनिया खेलाडी युजी लिसँग १२–९ ले पराजित भइन्।

रिपिचेज फाइनलमा पलेशाले पहिलो राउण्डमा ४–२ ले अग्रता बनाएकी थिइन् । तर, दोस्रो राउण्डमा उनी ५–० पछि परेकी थिइन् । तेस्रो तथा अन्तिम राउण्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले २–९ ले खेल जितिन् ।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, भदौ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्