प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन
काठमाडौं, भदौ १८ : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित...
काठमाडौं, भदौ १८ : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूहतर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको छ।
अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सुचित गरिएको छ। उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटबाट प्राप्त गर्न सकिने बताइएको छ।
प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












