Kathmandu Press

सर्लाही र चितवनबाट गाँजासहित पाँचजना पक्राउ 

काठमाडौं, भदौ १८ : सर्लाही र चितवनबाट अवैध लागूऔषध गाँजासहित पाँचजना पक्राउ परेका छन्।सर्लाहीको लालबन्दी नगरपालिका(१३ पत्थरकोटबाट करिब २ किलो अवैध लागूऔषध गाँजा...
सर्लाही र चितवनबाट गाँजासहित पाँचजना पक्राउ 

काठमाडौं, भदौ १८ : सर्लाही र चितवनबाट अवैध लागूऔषध गाँजासहित पाँचजना पक्राउ परेका छन्।

सर्लाहीको लालबन्दी नगरपालिका(१३ पत्थरकोटबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

Hardik ivf

पक्राउ पर्नेमा सिन्धुली हरीहरगढी गाउँपालिका–७ बस्ने ५८ वर्षीय सुरचमान तामाङ र उनकै श्रीमती ५६ वर्षीया सुनामाया तामाङ रहेका छन्।

ना२ह ५९२८ नम्बरको अटोलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो। 

चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजारबाट करिब १६ किलो अवैध लागूऔषध गाँजासहित भरतपुर महानगरपालिका महानगरपालिका–१५ बस्ने २७ वर्षीय सोनाम वाईवा लगायत तीनजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ना७ख ५०११ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।           

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्