यस्तो देखियो शुक्रबार बिहानको वर्षात् (१० तस्बिर)
सरकारी कर्मचारी कार्यालय पुगिसकेका थिए। निजीक्षेत्रमा कार्यरत कर्मचारीहरू भने कार्यालय पुग्दै थिए। त्यही समयमा शुक्रबार बिहान झमझम परेको पानीले ‘डिस्टर्ब’ गर्यो।
काठमाडौं, भदौ १८ : सरकारी कर्मचारी कार्यालय पुगिसकेका थिए । निजीक्षेत्रमा कार्यरत कर्मचारीहरू भने कार्यालय पुग्दै थिए । त्यही समयमा शुक्रबार बिहान झमझम परेको पानीले ‘डिस्टर्ब’ गर्यो ।
भनाइ नै छ, भदौरे झरी । त्यही भदौरे झरीको निरन्तरता थियो, शुक्रबारको वर्षात् । यस वर्षको मनसुुन सकिन एक महिना बाँकी छ, तर औसतभन्दा धेरै वर्षा भइसकेको छ । गत जेठ २८ देखि असोज तेस्रो सातासम्म रहने मनसुुनमा औसतभन्दा बढी वर्षा भइसकेको छ ।
जिल्लाअनुुसार औसत वर्षा फरक फरक हुन्छ । काठमाडौंमा मनसुन अवधिमा एक हजार एक सय मिलिमिटर वर्षा औसत मानिन्छ । तर, मनसुुन सकिन लाग्दा नै औसत वर्षा भइसकेको छ ।
अहिलेसम्म एक हजार ५० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको मौसम पूूर्वानुुमान महाशाखाको भनाइ छ ।
जुुन १३ देखि अक्टोबरसम्म मनसुुन अवधि मानिन्छ । मनसुुन सुरु हुुनुुभन्दा अगाडि हुुने प्रि-मनसुुनमा पनि औसतभन्दा बढी वर्षा भयो । मनसुुन सुरु हुुनुुभन्दा अगाडिको महिनालाई प्रि-मनसुुन भनिन्छ ।
प्रि-मनसुुनमा न्यूनतम ७० प्रतिशत पानी परेको छ । सबैभन्दा कम पानी पर्ने ताप्लेजुुङमा दुुई सय ८० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा चार सय ५० मिलिमिटर वर्षा भएको छ ।
भदौ पहिलो सातादेखि लगातार एक सातासम्म रहने मनसुन निरन्तर भएन । रोकिँदै फेरि वर्षा हुुँदै गयो । निरन्तर वर्षा हुुनुलाई सक्रिय वर्षा भनिन्छ, जुुन निरन्तर नरोकिई भइरहन्छ ।





















-(86)-1764936079.jpg)