Kathmandu Press

जापान जाने बाटो खुल्यो, कात्तिकमा भाषा परीक्षा

काठमाडौं, साउन ६ : नेपाली कामदारका लागि जापान जाने बाटो खुलेको छ। यसको प्रक्रिया सुरू भएको छ।

जापान जाने नेपाली कामदारका लागि कात्तिकमा भाषा....

जापान जाने बाटो खुल्यो, कात्तिकमा भाषा परीक्षा

काठमाडौं, साउन ६ : नेपाली कामदारका लागि जापान जाने बाटो खुलेको छ। यसको प्रक्रिया सुरू भएको छ।

जापान जाने नेपाली कामदारका लागि कात्तिकमा भाषा परीक्षा हुने भएको छ। जापान जानका लागि भाषा र सीपसम्बन्धी परीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ।

Hardik ivf

पहिलो चरणमा ‘केयरगिभर’का लागि नेपाली कामदार लग्न जापान सरकारले तयारी गरेको श्रम मन्त्रालयले जनाएको छ। ज्येष्ठनागरिक र बालबालिकाको हेरचाह गर्ने मान्छेको माग भएकाले त्यहि अनुसार तयारी गरिएको मन्त्रालयले जनाएको छ।

यसका लागि भाषा र सीप परीक्षा हुनेछ। त्यसको तयारी थालेको श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। ‘जापान सरकारले पहिलो चरणमा केयरगिभरको रुपमा लैजाने भएकाले तयारी थालेका छौं,’ सचिव दाहालले भने, ‘त्यसपछि अन्य क्षेत्रमा पनि कामदार लग्ने प्रक्रिया अघि बढ्नेछ।’

पहिलो चरणमा कति केयरगिभर लग्ने भन्ने एकीन भएको छ। केही दिनमै संख्या एकीन हुने मन्त्रालयले जनाएको छ।

पहिलो चरणको भाषा परीक्षा कात्तिक १० र ११ गते हुने सचिव दाहालले बताए। ‘सिप परीक्षण भने त्यसलगत्तै तोक्छौं,’ उनले भने।

गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू)मा हस्ताक्षर भएको थियो।

 

प्रकाशित मिति: १५:०० बजे, सोमबार, साउन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्