Kathmandu Press

मोरङमा कांग्रेस वडा अधिवेशन सारियो

विराटनगर, भदौ १८ : नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने  वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ।वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा...
मोरङमा कांग्रेस वडा अधिवेशन सारियो

विराटनगर, भदौ १८ : नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने  वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ।

वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्ण रूपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिए।
    
उनले मोरङमा कुल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २ सय ७७ को नवीकरण र अन्य नयाँ रहेको बताए।

Hardik ivf

जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ ।  

सचिवमा  शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने  पार्टीका क्रियाशील सदस्यको भनाइ छ ।क्रियाशील सदस्यको टुङ्गो लाग्नेवित्तिकै बुबाको मुख हेर्ने दिन र तीजलाई असर नपर्ने गरी अधिवेशनको कार्यक्रम अघि बढाइने जनाइएको छ।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्