Kathmandu Press

पहिरोमा पुरिएर पर्वतमा ६ जनाको मृत्यु

काठमाडौं, भदौ १८ : पर्वत र कास्कीमा आएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङ भोगेनी बस्ने माधब शर्माको घरमा...
पहिरोमा पुरिएर पर्वतमा ६ जनाको मृत्यु

काठमाडौं, भदौ १८ : पर्वतमा आएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।

पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङ भोगेनी बस्ने माधब शर्माको घरमा बिहिबार राति पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ।

Hardik ivf

मृत्यु हुनेमा उनकै आमा ७५ वर्षीय कौशिला पौडेल, नातिनीहरु १६ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेल रहेको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले हाल बेपत्ता भएका दुईजनाको खोजी गरिरहेको छ। 

यसैगरी पर्वतकै मोदी गाउँपालिका-५ अम्बोटमा बस्ने ५० वर्षीया फुलमाया थापाको पहिरोमा पुरिएर बिहीबार राति मृत्यु भएको छ। सोही ठाउँमा ओखलढुङ्गा सामुदायिक वनबाट पहिरो गई थापाको टहरो बगाउँदा पुरिएर उनको मृत्यु भएको हो। हाल पहिरोबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन् । 

त्यस्तै पर्वतकै कुश्मा नगरपालिका-१ सिल्मि बस्ने मनिलाल पौडेलको घरमा गए राति पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा उनको घरमा पाहुना आएका मोदी गाउँपालिका-७ राम्जा घर भएका ३८ वर्षीय दुर्गा पौडेल र उनकै छोरा ६ वर्षीय गणेश पौडेल छन्।

पहिरो परेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला पारेको हो। 
    

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्