Kathmandu Press

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ 

कैलाली, भदौ १८ : प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा  बझाङ मष्टा गाउपालिका-२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ...
प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ 

कैलाली, भदौ १८ : प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा  बझाङ मष्टा गाउपालिका-२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले एकजनालाई प्रहरी बनाइदिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कैलाली धनगढी उपमहानगरपालिका(३ चौराहबाट पक्राउ गरेको हो।  

Hardik ivf

उनका साथबाट प्रहरी बनाइदिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनेटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्डसमेत प्रहरीले बरामद गरेको छ ।

उनीउपर ठगी शीर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्