Kathmandu Press

सीमा नाका गड्डाचौकीमा कोरोनाविरुद्धको खोप

कञ्चनपुर, भदौ १८ : पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ।सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८...
सीमा नाका गड्डाचौकीमा कोरोनाविरुद्धको खोप

कञ्चनपुर, भदौ १८ : पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ।

सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्षमाथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। 

Hardik ivf

‘एक सातादेखि खोप लगाउने कार्य सरु गरेका हौं,’ उनले भने, ‘हालसम्म भारतबाट फर्कने ३ सयभन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ।’

सीमा नाकामा पहिलो खोप लाउनेले दोस्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्नेभएको छ।  दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने  गरेका छन्।

खोपको सामान्य ‘साइड इफेक्ट’ रहे पनि हालसम्म यहाँ खोप लगाएकाहरूमा कुनै जटिल समस्या देखिएको छैन।

सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्योल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दीर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो।

कार्यालयका अनुसार हालसम्म जिल्लामा १ लाख ७ हजार १ सय ६३ ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७ सय ९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन्।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्