मोटरसाइकलको ठक्करबाट ओखलढुंगामा एक महिलाको मृत्यु
ओखलढुंगा, भदौ १८ : ओखलढुंगाको मानेभञ्ज्याङमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।ओखलढुंगाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ मा बा३६प...
ओखलढुंगा, भदौ १८ : ओखलढुंगाको मानेभञ्ज्याङमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
ओखलढुंगाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ मा बा३६प ३५२२को मोटरसाइकलको ठक्करबाट अन्दाजी ५१ वर्षीया कृष्णमाया मगर घाइते भएकी थिइन् ।
बुधबार दुर्घटनामा घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए।। घटनापछि फरार रहेका मोटरसाइकल चालक र मोटरसाइकललाई मानेभञ्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।
प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












