Kathmandu Press

आज पनि चार प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं, भदौ १८ : मनसुनी वायुको प्रभावले आज पनि चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम...
आज पनि चार प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं, भदौ १८ : मनसुनी वायुको प्रभावले आज पनि चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

मनसुनी न्यून चापीय रेखा तराई भूभागभन्दा केही तल रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

आज दिउँसो पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्