विद्युतीय बस सञ्चालन गर्न ऊर्जामन्त्रीको प्रयास
काठमाडौं, भदौ १७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छन्। पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले...काठमाडौं, भदौ १७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छन्। पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन्।
नुभएको हो ।
सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए। उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाबारे बताए। पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ थियो।
बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराए। चरणबद्ध रूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए।
जवाफमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन। उनले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरपालिकाकामा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन। मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन।
उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिए। उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन।
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने र आगामी दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताए। त्यसैगरी सञ्चलन समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसकोे खरिद प्रक्रिया र लागतबारे जानकारी गराए। उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि रु एक करोड पाँच लाख पर्नेछ। कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रति बस एक करोड ५२ लाख रुपैयाँ लाग्नेछ।
यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो। पहिलो चरणमा ६१ करोड रुपैयाँको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ। साझाले आह्वान गरेको बोलपत्रमा ९ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए। त्यसमध्ये सिएचटिसी किनवेन (नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो। तुलाधरका अनुसार अबको चार महिनामा तीनवटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ। सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ। बसमा १६१ किलोवाट प्रतिघण्टाको ब्याट्री जडान गरिनेछ। ब्याट्री चार घण्टामा चार्ज हुनेछ।
पछिल्लो समय सरकारले साझामा तीन अर्ब रुपैयाँको सेयर लगानी गरेको छ। सो रकम साझाको खातामा आइसकेको छ। साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ। हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ। साझाले पुल्चोकको २२ रोपनी क्षेत्रफलमा ‘साउथ एसिया सेन्टर’ स्थापना गर्ने योजनासमेत बनाएको छ।












