अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ

काठमाडौं, भदौ १७ : टोखा नगरपालिका ९ बस्ने पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २७ वर्षीय लक्ष्मी बिकलाई १ सय १९ ग्राम ५ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन, २ थान मोबाइल, २५ हजार रुपैयाँ र २ थान डिजिटल तराजु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कम्पाउण्डभित्र उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












