Kathmandu Press

सर्लाहीको हरिपुरका २४ एमाले जनप्रतिनिधि एकीकृत समाजवादीमा

सर्लाही, भदौ १७ : सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना एमाले जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) राेजेका छन्।त्यहाँ एमालेबाट निर्वाचित ३५ जनप्रतिनिधि छन्। नगर प्रमुख जमरुद्दिन...
सर्लाहीको हरिपुरका २४ एमाले जनप्रतिनिधि एकीकृत समाजवादीमा

सर्लाही, भदौ १७ : सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना एमाले जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) राेजेका छन्।

त्यहाँ एमालेबाट निर्वाचित ३५ जनप्रतिनिधि छन्। नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले बिहीबार मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

अन्य केही जनप्रतिनिधि पनि निर्वाचन आयोगले तोकेको समयभित्र आएर सनाखत गर्ने दाबी गरिएको छ। आयोगले दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ। 

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्