Kathmandu Press

सेजन नेतृत्वका लागि उम्मेदवारको मनोनयन

काठमाडौं, भदौ १७ : आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आकाङ्क्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन्।सेजनको...
सेजन नेतृत्वका लागि उम्मेदवारको मनोनयन

काठमाडौं, भदौ १७ : आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आकाङ्क्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन्।

सेजनको शुक्रबार हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले आज उम्मेदवारी मनोनयन गराएका छन् । सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

Hardik ivf

उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन्। सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी परेको छ। कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुङ्गानाको उम्मेदवारी परेको छ।

त्यसैगरी कार्यसमिति सदस्यमा चेतबहादुर अधिकारी (सिबी), अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शङ्करप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ पत्रकार डा सुरेश आचार्य मुख्य निर्वाचन अधिकृत, सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी र अधिवक्ता बाबुराम अर्याल रहेका छन्।
 

प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्