Kathmandu Press

छायाछवि तिज म्युजिक अवार्ड : यी हुन् मनोनयनमा परेका उत्कृष्ट पाँच 

काठमाडौं, भदौ १७ : आठौं छायाछवि तिज म्युजिक अवार्ड-२०७८ का लागि विभिन्न विधाबाट उत्कृष्ट पाँच गीत मनोनयन गरिएको छ।तिजका अवसरमा सिर्जनामा संलग्न स्रष्टा÷कलाकारहरूलाई...
छायाछवि तिज म्युजिक अवार्ड : यी हुन् मनोनयनमा परेका उत्कृष्ट पाँच 

काठमाडौं, भदौ १७ : आठौं छायाछवि तिज म्युजिक अवार्ड-२०७८ का लागि विभिन्न विधाबाट उत्कृष्ट पाँच गीत मनोनयन गरिएको छ।

तिजका अवसरमा सिर्जनामा संलग्न स्रष्टा÷कलाकारहरूलाई थप प्रोत्साहन मिलोस भन्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको छायाछवि क्रिएसन प्रालिले जनाएको छ।

नेपाल संस्कृति सम्पदाले सम्पन्न छ । नेपालमा मनाइने चाडपर्व एवं अन्य विभिन्न सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलिक रूपपमा जोगाइराख्न मद्दत गरेको छ। ‘तिज’ त्यस्तै एउटा पर्व हो। 

Hardik ivf

तिज पर्वमा खासगरी महिलाका आवाज गुन्जिने गर्छ। त्थापि आजभोलि पुरुष स्वरले पनि तिज गीतमा स्थान पाउन थालिसकेको छ। तिजका गीत–संगीत सांस्कृतिक परम्पराका नाममा विकृति उन्मुख हुन थालेको आरोप पनि लाग्ने गरेको छ। आरोपप्रत्यारोपबीच तिज संगीत फस्टाउँदो रहेकाले तिजको परम्परालाई कायम राख्द आठौं छायाँछवि तिज म्युजिक अवार्ड-२०७८ को आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

तिजका अवसरमा सिर्जना गरिने गीतको संख्या विगतको तुलनामा कमी आएको छ। कोरोना कहरका कारण आइपरेको प्रतिकूल परिस्थितिका बाबजुद आठौं शृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै स्रष्टालाई आयोजक संस्थाले बधाइ दिएको छ। अवार्डमा भाग लिन आउका स्रष्टा÷सर्जक तथा कलाकारहरूलाई  आभार पनि प्रकट गरिएको छ।

कोरोना कहरका बीचमा निर्माण भई दर्ता हुन आएका गीतबाट मिक्सिङ, एरेन्जर, नवगायिका, मोडल पुरुष, मोडल महिला, गीत छायांकार, गीत सम्पादक, नृत्य निर्देशक, भिडियो निर्देशक, गीत शब्द, गीत लय, दाहोरी तिज गीत गायिका, दोहोरी तिज गीत गायक, तिज गीत गायिका र मौलिक तिज गीत गायिका गरी १५ विधामा उत्कृष्ट पाँचलाई मनोनयन गरिएको हो।

अवार्ड कार्यक्रम भदौ २१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गर्ने बताइएको छ।

उत्कृष्ट पाँचको मनोनयन यसप्रकार छन् :

१. उत्कृष्ट तिज गीत मिक्सिङ
    १. मनोज परीयार     ः सानीमाया
    २. पवन विश्वकर्मा     ः माइतीको घर
    ३. मनोज परियार     ः पातली –३
    ४. राजु कार्की     ः सिङ्गापुरे साडी
    ५. विपिन आचार्य     ः हाइ मेरो जीन्दगी

२. उत्कृष्ट तिज गीत एरेन्जर
    १. राकेश सोनी     ः गर्छु माया गर्छु
    २. पवन विश्वकर्मा     ः माइतीको घर
    ३. राकेश सोनी     ः घिन घिन मादल
    ४. राजेन्द्र बजगाई     ः फूलै फूल्यो तिउरी
    ५. झलक संगीतम्     ः रीमझिमे झरी

३. उत्कृष्ट तिज गीत नवगायिका
    १. सकुना श्रेष्ठ मलेकु    ः माइतीको आगन
    २. शिलाश्मा हमाल    ः झीलीमाई
    ३. विन्दु विसी     ः घिन घिन मादल 
    ४. सरिता सुनार     ः लोभी बुढा 
    ५. सारदा धिताल     ः सिङ्गापुरे साडी

४. तिज गीत मोडल पुरुष 
    १. राजेन्द्र लोहनी     ः लकडाउनले
    २. दीपेन्द्र तिमील्सीना     ः पारी वन हरियो 
    ३. अभिषेक खड्का     ः कलकन्ते काइयो
    ४. सुमन परियार     ः जुल्फि पालेको 
    ५. रमेश थापा     ः मामली तनहुँ
 
५. तिज गीत मोडल महिला 
    १. अञ्जु सुनार     ः माईतीको आगन 
    २. साक्षी लम्साल     ः आँखा गयो नयाँ चिजैमा 
    ३. रोविशा रसाइली     ः गर्छु माया गर्छु 
    ४. करिश्मा ढकाल     ः थोपडाले धोका दीयो
    ५. टीका जैशी     ः डालीमा पुतली भुरुभुरु 

६. उत्कृष्ट तिज गीत छायाकार 
    १. मुकेश हुमागाई     ः आँखा गयो नयाँ चिजैमा 
    २. प्रकाश खड्का     ः हङकङको साडी –२ 
    ३. दुर्गा पौडेल     ः कुरा काटन 
    ४. रोनिश तामाङ     ः यसपाली त सोह्रै 
    ५. अजय रेग्मी     ः टीकटक चलाउने

७. उत्कृष्ट तिज गीत सम्पादक 
    १. विनोद वम     ः आँखा गयो नयाँ चिजैमा 
    २. राजकुमार मगर     ः हङ्कङ्को साडी –२
    ३. विष्णु शर्मा     ः सानी 
    ४. सुरेश राउत     ः सालको पात 
    ५. प्रकाश धमला     ः अली अली लजाउदै 

८. उत्कृष्ट तिज गीत नृत्य निर्देशक
    १. स्मृति तिमील्सीना     ः अलि अलि लजाउदै 
    २. दिपेद्र तिमील्सीना     ः पारी वन हरीयो 
    ३. केशवराज भट्ट     ः झिलिमाई 
    ४. राजीव बलामी     ः फुलै फूल्यो तिउरी 
    ५. स्मृति तिमील्सीना     ः सिङ्गापुरे साडी 

९. उत्कृष्ट तिज गीत भीडियो निर्देशक 
    १. देवेन्द्र पाण्डे     ः टीकटक चलाउने 
    २. सुरेन्द्र वसेल     ः यस पालीको तिजमा 
    ३. सुमन सागर जंग केसी    ः जम्का भेट 
    ४. प्रकाश धिताल     ः झिलीमाई 
    ५. होम गुरुङ     ः मुग्लिन 
 

१०. उत्कृष्ट तिज गीत शब्द 
    १. ज्योति गुरुङ     ः परदेशको छोरी 
    २. राकेश सोनी     ः घिन घिन मादल 
    ३. शिताष्मा भुषाल     ः स्वामीकी प्यारी 
    ४. रमेश परियार     ः माईती देशैँको 
    ५. शुष्मा शाही ठकुरी     ः सानी 

११. उत्कृष्ट तिज गीत लय 
    १. एच वि सुनार     ः माईतीको आगन
    २. रमेश परियार     ः माईती देशैको 
    ३. ऋतु कँडेल     ः अलि अलि लजाउँदै 
    ४. राकेश सोनी     ः गर्छु माया गर्छु 
    ५. भुवन प्यासी     ः मखमली 

१२. उत्कृष्ट दोहोरी तिज गीत गायिका 
    १. भुमिका शाह     ः वाटुला 
    २. भावना आचर्य     ः टीकटक चलाउने 
    ३. रमीला न्यौपाने     ः नाई भन्न पाईदैन 
    ४. पुर्णकला बिसी     ः धिपी धिपी बत्ती 
    ५. चिजा तामाङ     ः तारा जुन

१३. उत्कृष्ट दोहोरी तिज गीत गायक 
    १. भागीरथ चलाउने     ः थोपडाले धोका दियो 
    २. सम्राट चौलागाई     ः सम्झीने पानी छम्किने 
    ३. खेम सेञ्चुरी     ः धिपी धिपी बत्ती 
    ४. खुमन अधिकारी     ः अब होला केही 
    ५. भुवन प्यासी     ः मखमली 
 
१४. उत्कृष्ट तिज गीत गायिका 
    १. मन्जु उपासना     ः माईतीको आगन 
    २. ऋतु कडेल     ः अलि अलि लजाउँदै 
    ३. दीया नेपाल     ः पिलासे चोली 
    ४. सुनिता दुलाल     ः परदेशकी छोरी 
    ५. रोशनी रसाईली     ः गर्छु माया गर्छु 

१५. उत्कृष्ट मौलिक तिज गीत गायिका
    १. सुनिता दुलाल     ः स्वामीकी प्यारी 
    २. कल्पना काफ्ले     ः कम्मरै ढलमल 
    ३. स्मृती गौतम     ः माईती देश 
    ४. कला लम्साल     ः पातली –३
    ५. उमा श्रेष्ठ     ः तिजैको मेला

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्