Kathmandu Press

भरतपुर अस्पतालमा अख्तियारको छापा

चितवन, भदौ १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। कार्यालयका उपसचिव विष्णु सापकोटाको...
भरतपुर अस्पतालमा अख्तियारको छापा
Hardik ivf

चितवन, भदौ १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो।

फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३÷७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत रहेका उनको भनाइ थियो। अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद,  बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको जनाइएको छ।

सापकोटाले बीमा गरेका र अन्य बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि रहेको जानकारी दिए। फार्मेसी अध्ययन गरेकालाई जिम्मेवारी दिनुपर्नेमा लामो समयसम्म अहेवको भरमा फार्मेसी रहेको थियो। बोलपत्रबमोजिम औषधिको म्याद सकिएर खेर गए पनि  फार्मेसी जिम्मा लिनेहरुले आफ्नो अनुकूलका व्यक्तिसँग मात्र खरिद गरेको भन्दै व्यवसायीले विरोध जनाउँदै आएका थिए। अस्पतालमा गत एक वर्षमा सात मेडिकल सुपरिटेण्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त छ।  
 

प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्