Kathmandu Press

मृत अवस्थामा चारजना फेला    

काठमाडौं, भदौ १७ : काठमाडौं महानगरपालिका–१६ बालाजु गुम्बा मन्दिर परिसर शौचालयभित्र हाल नाम, थर, वतन नखुलेको करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा...
मृत अवस्थामा चारजना फेला    

काठमाडौं, भदौ १७ : काठमाडौं महानगरपालिका–१६ बालाजु गुम्बा मन्दिर परिसर शौचालयभित्र हाल नाम, थर, वतन नखुलेको करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको छन्। 

यसैगरी काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–६ च्यासिङ टोलस्थित खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेको करिब ३५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। 

तनहुँको ब्यास नगरपालिका–६ मादिबेसी सेती नदीको किनारदेखि करिब २ सय मिटर टाढा बारीमा सोही ठाउँ बस्ने ६० वर्षीय हरिचन्द्र पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन् । 

डोटीको बडीकेदार गाउँपालिका–२ शौनेरीस्थित ठुलि बगरमा जोरायल गाउँपालिका–६ बस्ने १८ वर्षीय  कैलाश थापा बुधबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्