चट्याङ लागेर दुईजनाको मृत्यु
काठमाडौं, भदौ १७ : काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गतका प्रदेश निर्वाचन क्षेत्रका दुवै एमाले सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।काभ्रे-२ (१)...
काठमाडौं, भदौ १७ : बझाङको बित्थडचिर गाउँपालिका–१ मल्ला गाउँ बस्ने २५ वर्षीय कर्ण बहादुर बोहराको चट्याङ लागेर बुधबार दिउँसो मृत्यु भएको छ। घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–८ देउरी बस्ने बिरेन्द्र प्रसाद चौधरीको छोरा १४ वर्षीय निशान चौधरीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ। घरनजिकै रहेको चौरीमा खेली घर जाने क्रममा अबिरल बर्षातसँगै परेको चट्याङ लागि वेहोस भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएके हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












