Kathmandu Press

अवैध लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं, भदौ १७ : मोरङ र सुनसरीबाट अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन्।मोरङको रतुवामाई नगरपालिका-२ घरु चौकबाट नियन्त्रित लागूऔषध ५ सय ट्याब्लेट...
अवैध लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं, भदौ १७ : मोरङ र सुनसरीबाट अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन्।

मोरङको रतुवामाई नगरपालिका-२ घरु चौकबाट नियन्त्रित लागूऔषध ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडोल सहित मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने २३ वर्षीय समीर मगरलगायत दुुईजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

मे१ह ३१७२ नम्बरको ट्याम्पोलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी ट्याम्पो चालक मगर सहित दुईजनालाई पक्राउ गरेको हो। 

सुनसरीको धरान उपमहानगरपालिका-१७ नमुना सुन्दर बस्ती सर्दुखोलाको बगरबाट करिब २० किलो अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ।

अस्थायी प्रहरी पोस्ट रेल्वेबाट खटिएको गस्ती प्रहरी टोलीले बोरामा वेबारिसे अवस्थामा फेला पारी उक्त गाँजा बरामद गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्