Kathmandu Press

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन
Hardik ivf

काठमाडौं, भदौ १७ : पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी उनको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । 

रेग्मी २०३४ सालदेखि २०५९ सालसम्म सकारी सेवामा संलग्न थिए । गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी हुँदै गृहसचिवसम्म भएका उनी वरिष्ठताका आधारमा मुख्यसचिव नभएपछि राजीनामा दिएका थिए । 

उनी स्वास्थ्य र मन्त्रीपरिषद् सचिव पनि भएका थिए । 

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्