कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

बारा, भदौ १७ : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त कोल्हवी नगरपालिका-१ बस्ने ३६ वर्षीय अनिल कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँस्थित नहरमा २०६९ जेठ २२ गते बिहान सोही ठाउँ बस्ने १८ वर्षीय अजय चौधरीको कर्तव्य गरी शव फालेको अवस्थामा फेला परेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनीउपर जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












