Kathmandu Press

बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको निधन

मुम्बई, भदौ १७ :  बिग बोसको १३ औं संस्करणका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको बलिउड हंगामाका ले जनाएको...
बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको निधन

मुम्बई, भदौ १७ :  बिग बोसको १३ औं संस्करणका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। 

हृदयाघातका कारण उनको निधन भएको बलिउड हंगामाका ले जनाएको छ । ४० वर्षका उनको कुपर अस्पतालमा निधन भएको समाचारमा उल्लेख छ।

बलिउड फिल्म ‘हम्टि शर्माकी दुल्हनियाँ’ र ‘बालिका बधु’ सिरियलबाट चर्चामा रहेका सिद्धार्थ बिग बोसको विजेता बनेपछि लोकप्रियता बढेको थियो।

केही समयअघि मात्र उनको ‘ब्रोकन बट ब्युटीफुल’ अल्ट बालाजीबाट रिलिज भएको थियो।  
 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्