Kathmandu Press

महोत्तरीमा २०३ बोरा मटर बरामद

जलेश्वर, भदौ १७ : नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ। जिल्ला प्रहरी...
महोत्तरीमा २०३ बोरा मटर बरामद

जलेश्वर, भदौ १७ : नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ( बरामद गरिएको हो।

Hardik ivf

एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो । 

बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ। त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ। 
 

प्रकाशित मिति: १०:३९ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्