Kathmandu Press

प्राध्यापक सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

लन्डन, भदौ १७ : बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानूनी सल्लाहकार नियुक्ति गरेको छ।सन् १९४८ मा स्थापना...
प्राध्यापक सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

लन्डन, भदौ १७ : बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानूनी सल्लाहकार नियुक्ति गरेको छ।

सन् १९४८ मा स्थापना भएको संस्थाको १६० देशमा उपस्थिति छ। यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन्।

Hardik ivf

यसको प्रधान कार्यालय स्वीजरल्यान्डमा छ। विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११ सम्म बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्याविरिधि गरेका सुवेदीले बेलायतमा परराष्ट्रमन्त्रीका सल्लाहकार र कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरी सकेका छन्। बेलायती महारानीबाट ओबिई प्राप्त गरेका सुवेदी अन्तर्राष्ट्रिय कानूनका विज्ञका रुपमा बेलायतमा परिचित छन्।

वातावरणका १५ वटा विविध क्षेत्रमा काम गरिरहेको यस संस्थाको नेपालमा समेत कार्यालय रहेको छ। (रासस)

प्रकाशित मिति: ०६:५० बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्