Kathmandu Press

मोडल तथा कलाकार निशा घिमिरे रहिनन् 

काठमाडौं, भदौ १६ : मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु...
मोडल तथा कलाकार निशा घिमिरे रहिनन् 

काठमाडौं, भदौ १६ : मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधनले आफूहरु समेत दुखी रहेको अस्पतालले बताएको छ ।

Hardik ivf

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरी निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको अस्पतालले यसअघि नै बताउँदै आएको थियो । 

प्रकाशित मिति: २०:२२ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्