Kathmandu Press

वायुसेवा कम्पनीले हटाए यात्रुको फेससिल्ड

काठमाडौं, भदौ १६ : आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन्। वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित...
वायुसेवा कम्पनीले हटाए यात्रुको फेससिल्ड

काठमाडौं, भदौ १६ : आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन्। वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो।

‘विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाली यात्रुलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ।

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्