बुधबारबाट उपत्यकामा सिनेमा हलहरु खुल्ने
काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा भोलि (बुधबार) बाट सिनेमा हलहरु खुल्ने भएका छन् ।गत वर्ष चैतमा भएको लकडाउनपछि बन्द रहेका सिनेमा हलहरु...
काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा भोलि (बुधबार) बाट सिनेमा हलहरु खुल्ने भएका छन् ।
गत वर्ष चैतमा भएको लकडाउनपछि बन्द रहेका सिनेमा हलहरु भोलिबाट सञ्चालन गर्न दिने निर्णय भएको हो । बीचमा केही समयलाई हल सञ्चालनको अनुमति दिइए पनि संक्रमण बढेपछि हलहरु बन्द गरिएको थियो।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेका हुन् । हल सञ्चालकहरु भने सञ्चालनको अनुमति पाए पनि के प्रदर्शन गर्ने भन्ने अन्योलमा देखिन्छन् ।
प्रकाशित मिति: १९:२७ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












