Kathmandu Press

संरक्षण गरिँदै बागमती किनारका गुर्जो

संरक्षण गरिँदै बागमती किनारका गुर्जो

काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा देशव्यापी गुर्जोरोपण अभियानकर्मी कमलबहादुर राजलवटले ज्वागलस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान (युएन पार्क) क्षेत्रमा रोपिएका गुर्जोमा तारजालीले चोर्न नसकिने गरी संरक्षण गरेका हुन्।

Hardik ivf

अन्य किनारमा रोपिएका बिरुवालाई पनि तारजालीले संरक्षण गरिने जनाइएको छ। अधिकार सम्पन्न बागमती समितिले समेत गुर्जोलाई तारजालीले संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। गुर्जो रोपणसहित तारजालीले संरक्षण गर्न आयोजित कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गुर्जोजस्ता बहुउपयोगी वनस्पतिलाई नदी किनारमा रोपेर भावी पुस्ताका लागि संरक्षण गरिने प्रतिबद्धता जनाए।

अभियानकर्मी राजलवटले काभ्रेपलाञ्चोकको पनौती, भक्तपुरको नलिन्चोकलगायत स्थलमा पनि गुर्जोरोपण गरेका छन् । गुर्जोरोपणसँगै ती स्थलमा गुर्जोबाट बनेको चिया र औषधिको धुलो पनि वितरण गरिएको छ। गुर्जोसँगै पारिजात, लप्सी, पत्थरचट्टा, करीपातलगायत वनस्पतिसमेत रोपिएको जनाइएको छ।

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्