थप २०५२ जनामा संक्रमण पुष्टि, २० को मृत्यु
पीसीआर परीक्षणमा १६४८ र एन्टिजेनमा ४०४ गरी २०५२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, भदौ १६ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। यसैगरी थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १६४८ र एन्टिजेनमा ४०४ गरी २०५२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३०३० जना संक्रमणबाट मुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३२ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












