सवारी दुर्घटनामा ३ जनाको मृत्यु
महोत्तरी, भदौ १६ : छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–५ राजपुर गाँउस्थित सडकमा ज.१ त ३७० नम्बरको...
महोत्तरी, भदौ १६ : छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
भंगहा नगरपालिका–५ राजपुर गाँउस्थित सडकमा ज.१ त ३७० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बेचनी देवी महतोको मंगलबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाँउस्थित सडकमा को.१ ख ६५०५ नम्बरको टिपरले प्रदेश १(०२(०४१ प.९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक शनिश्चरे नगरपालिका–२ बस्ने ४३ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका–१ बुङचीस्थित सडकमा ना.३ ख ५९०९ नम्बरको ट्रकले लु.२७ प ६९३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पाल्पा रैनादेवी गाउँपालिका(५ बस्ने २६ वर्षीय बिनोद सुनारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












