Kathmandu Press

दोलखाका ६ पत्रकार सम्मानित

चरिकोट, भदौ १६ : विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महाङ्घ जिल्ला...
दोलखाका ६ पत्रकार सम्मानित

चरिकोट, भदौ १६ : विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् । 

नेपाल पत्रकार महाङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६औं स्मृित दिवसका अवसरमा आज (बुधबार) चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो। नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुस्कृत गरिएको हो। 

Hardik ivf

रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चीरञ्जीवी मास्के, देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोषी कार्की, पशुपति चौलागाईं पत्रकारिता पुरस्कारबाट दक्षिण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे, विकास पत्रकारिता पुरस्कारबाट गोकर्ण भण्डारी, इन्द्रमणि पत्रकारिता पुरस्कारबाट दीपक बस्नेत र सुजल पत्रकारिता पुरस्कारबाट बाबुराम शर्मालाई सम्मान गरिएको छ । पुरस्कृत सबैलाई नगद रु १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो। 

महासंघले प्रत्येक वर्ष भदौ १६ गते सो पुरस्कार वितरण गर्दै आएको छ। संस्थापक अध्यक्ष श्रेष्ठको हृदयघातका कारण २०६२ सालमा निधन भएको थियो । एमाले नेता पशुपति चौलागाईंले स्थापना गर्नुभएको गणतान्त्रिक पत्रकारिता पुरस्कारलाई पुरस्कारको नाम परिर्वतन गर्दै पशुपति चौलागाई स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी यस वर्षदेखि प्रदान गर्न लागिएको हो।

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्