Kathmandu Press

भन्सार छलेर ल्याउँदै गरेको १६ लाख बढीकाे सामान बरामद  

भन्सार छलेर ल्याउँदै गरेको १६ लाख बढीकाे सामान बरामद  
Hardik ivf

बारा, भदौ १६ : भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब १६ लाख ६ हजार ७ सय ५३ रुपैयाँ बराबरको औषधी, मल, खसीलगायतका मालसामान तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। 

भन्सार छलेर ल्याउँदै गरेको उक्त सामान जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरीले बरामद गरेको हो । 

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्