Kathmandu Press

पेस्तोल सहित ३ जना पक्राउ  

 बारा, भदौ १६ : प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ स्थित बिधायक होटेलबाट मेड ईन युएसए लेखिएको म्याग्जिन सहितको १ थान...
पेस्तोल सहित ३ जना पक्राउ  

 बारा, भदौ १६ : प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । 

सिम्रौनगढ नगरपालिका–६ स्थित बिधायक होटेलबाट मेड ईन युएसए लेखिएको म्याग्जिन सहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

Hardik ivf

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन्। उक्त होटलमा हतियार सहित २ जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो।  

यस्तै मोरङको कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई मेड ईन युएसए लेखिएको १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र १ थान खुकुरी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 

उनले आफ्नै घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रमाईलो र सशस्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट खटिएको टोलीले उनको घरमा तलासी गर्ने क्रममा उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्