Kathmandu Press

प्रधानसेनापति शर्माले बुझे नियुक्ति-पत्र

काठमाडौं, भदाै १६ : प्रधानसेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्।आज (बुधबार) रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलले उनलाई...
प्रधानसेनापति शर्माले बुझे नियुक्ति-पत्र

काठमाडौं, भदाै १६ : प्रधानसेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्।

आज (बुधबार) रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलले उनलाई प्रधानसेनापतिको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा मन्त्रालयका कर्मचारी सहभागी थिए।

शर्माले मन्त्रिपरिषद्को सिफारिसमा गत साउन २६ गते कायममुकायम प्रधानसेनापति सम्हालेका हुन्।

राष्ट्रपतिले भदौ २४ देखि लागू हुनेगरी रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन्।

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्