Kathmandu Press

तनहुँको भानु नगरपालिकामा सुक्खा पहिराेले १२ घर जोखिममा

दमौली, भदौ १६ : तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन्। केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम...
तनहुँको भानु नगरपालिकामा सुक्खा पहिराेले १२ घर जोखिममा

दमौली, भदौ १६ : तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुक्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन्। केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै आज बिहानदेखि यहाँ सुक्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन्। 

बस्तीभन्दा माथिबाट सुक्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,’ तिमिल्सिनाले भने। 

यसैगरी केही दिनदेखि परेको निरन्तर झरिका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका–१ अत्रौलीमा घर जोखिममा परेका छन्। अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन्। 

टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा एमालेका जिल्ला उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिए। 

जोखिम बढेपछि स्थानीयवासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन्। वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिम तर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ। 
 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्