Kathmandu Press

काभ्रेको चौँरीदेउरालीमा नौ घर पहिरोको उच्च जोखिममा

बनेपा, भदौ १६ : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ। सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर...
काभ्रेको चौँरीदेउरालीमा नौ घर पहिरोको उच्च जोखिममा

बनेपा, भदौ १६ : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ। 

सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ। 

Hardik ivf

वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिराको उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ। ती घरको तलबाट पहिरा गएका कारण उच्च जोखिममा रहेकाले उनीहरु अहिले अन्यत्र बस्दै आएको वडाध्यक्ष गौतमको भनाइ छ। 

‘घर जोखिममा परेपछि बसोबासमा समस्या भएकालाई सङ्घसंस्थाको सहयोगमा तारजाली वितरण गरिएको भए पनि पानी परिरहेका कारण काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘खार र रुम्टिगाउँ भूकम्प गएदेखि भूगर्भविद्हरुले उच्च जोखिममा रहेको बस्तीका रूपमा चित्रण गरेको छ।’ बस्ती वरिपरी पहिरा गएका कारण त्यहाँका ३५÷४० घरपरिवारलाई अन्यत्र सार्न पनि नसकिने र ढुक्कका साथ बस्न पनि नपाइने अवस्था रहेको उनले बताए।

पहिला पनि भूकम्प गएदेखि पहिराको जोखिममा रहेको सो बस्तीमा पछिल्लो समय मोटरबाटो खनेपछि पानी परेर झन् जोखिममा परेको जनाइएको छ।
 

प्रकाशित मिति: ११:४५ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्