Kathmandu Press

लोनमा पुनः एट्लेटिको पुगे ग्रिजमन

काठमाडौें, भदौ १६ : फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिड फर्किएका छन्। सन् २०१९ मा एट्लेटिको छाड्दै बार्सिलोना पुगेका ग्रिजमन समर ट्रान्सफर विन्डोको अन्तिम...
लोनमा पुनः एट्लेटिको पुगे ग्रिजमन

काठमाडौें, भदौ १६ : फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिड फर्किएका छन्। सन् २०१९ मा एट्लेटिको छाड्दै बार्सिलोना पुगेका ग्रिजमन समर ट्रान्सफर विन्डोको अन्तिम दिन आश्चर्यजनक रुपमा एट्लेटिको फर्किए।

एट्लेटिको १ वर्षका लागि लोनमा ग्रिजमनलाई बार्सिलोनाबाट अनुबन्धन गरेको छ। एट्लेटिकोले ग्रिजमनलाई सन् २०१९मा १०७ मिलियन पाउण्डमा बेचेको थियो।

यसअिघ ग्रिजमनले एट्लेटिकोबाट सन् २०१४ बाट सन् २०१९सम्म खेल्दै २५७ खेलमा १३३ गोल गरेका थिए। यता बार्सिलोनामा २ सिजन बिताउँदा उनले १०२खेलमा ३५ गोल गरेका छन्। उनले बार्सिलोनामा कोपा डेल रे उपाधि मात्र जितेका छन्।

यो सिजन बार्सिलोना ठूलो आर्थिक संकटमा छ। आर्थिक संकटकै कारण आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई गुमाएको बार्सिलोनाले समर ट्रान्सफरमा ११ खेलाडी बेचेको छ।

ट्रान्सफर विन्डोको डेडलाइन डेमा ग्रिजमनलाई बेचेको बार्सिलोनाले सेभियाबाट डच स्ट्राइकर लु डे जोङलाई लोनमै अनुबन्धन गरेको छ।
 

प्रकाशित मिति: १०:४२ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्