Kathmandu Press

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, भदौ १६ : सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ। मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने...
‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, भदौ १६ : सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ। मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पु¥याएपछि आवातजावतमा कठिनाइ भएको हो। 

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन्। पुलको अधिकांश भाग भत्केको छ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन्।

Hardik ivf

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्र्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारी दिए। ‘जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन। सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ। जानुप¥यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ,’ उनले भने।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन। नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन। ‘गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ। यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ। यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ। सदरमुकाममा काम पर्छ पुल छैन,’ नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने। खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए। सो  नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ। 
 

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्