Kathmandu Press

देशभर सामान्य बदली, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, भदौ १६ : मनसुनी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
देशभर सामान्य बदली, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, भदौ १६ : मनसुनी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेश थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Hardik ivf

त्यस्तै, देशका केही भागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ। केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार भने मौसममा सुधार आउने जनाइउको छ। देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाको आकलन छ।

त्यस्तै, शुक्रबार पनि देशभर सामान्य बदली रहने भएको छ। केही स्थानमा भने हल्का वर्षाको हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:५४ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्