Kathmandu Press

नगरपालिका भवन बनाउन एक करोडको जग्गादान

महोत्तरी, भदौ १६ : महोत्तरीको औरही नगरपालिकाको कार्यालय भवन निर्माणका लागि नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले एक करोड बराबरको जग्गादान गरेका छन्।औरही–८...
नगरपालिका भवन बनाउन एक करोडको जग्गादान

महोत्तरी, भदौ १६ : महोत्तरीको औरही नगरपालिकाको कार्यालय भवन निर्माणका लागि नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले एक करोड बराबरको जग्गादान गरेका छन्।

औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने जग्गा उनले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरेको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए। उनले १४ कठ्ठा जग्गादान गरेका हुन्।

Hardik ivf

'हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौं,' उनले भने, 'सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ।'

आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले बताए। 'म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे,' उनले भने, 'आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गादान गरेँ।'

अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उनले बताए। नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्