Kathmandu Press

पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

अर्घाखाँची, भदौ १६ : गएराति पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अडगुरीमा गएराति पहिरोले जीवलाल सुनारको घर...
पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

अर्घाखाँची, भदौ १६ : गएराति पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अडगुरीमा गएराति पहिरोले जीवलाल सुनारको घर पुरिएको हो। घर पुरिँदा उनकी ९ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन्। उनीहरुका स्थानीय मेडिकलमा उपचार गरिएको छ। घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

केही दिनदेखि परेको वर्षाले ठाउँठाउँमा पहिरो गएको छ। केही ग्रामीण सडक पनि अवरुद्ध भएका छन्।

प्रकाशित मिति: ०७:२१ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्