Kathmandu Press

राजदूत अधिकारी र पीएएल अध्यक्षबीच नेपाल–पाकिस्तान साहित्य क्षेत्रबारे छलफल

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बुधबार पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्रा. डा. युसुफ खुशसँग भेटवार्ता गरेका छन् ।
राजदूत अधिकारी र पीएएल अध्यक्षबीच नेपाल–पाकिस्तान साहित्य क्षेत्रबारे छलफल

काठमाडौं, भदौ १६ : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बुधबार पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्रा. डा. युसुफ खुशसँग भेटवार्ता गरेका छन् ।

त्यसक्रममा नेपाल र पाकिस्तानबीच साहित्यको क्षेत्रमा सहयोग बढाउनेसम्बन्धी विचार आदानप्रदान भएको थियो । नेपाल र पाकिस्तानबीच आपसी बुझाइ अझ बलियो बनाउन दुई मुलुकबीच साहित्यिक आदानप्रदानका सम्भावनाबारे पनि भेटमा छलफल भएको थियो ।

Hardik ivf

राजदूत अधिकारीले नेपाली साहित्यिक कृतिहरूलाई उर्दू र अन्य पाकिस्तानी भाषाहरूमा अनुवाद गराउन पीएएलको महत्त्वपूर्ण भूमिकाका लागि अनुरोध गरेका थिए । त्यसबाट नेपाली साहित्यलाई पाकिस्तानी नागरिकहरू माझ पुर्‍याउन ठूलो मद्दत पुग्ने उनले बताएका थिए ।

नेपाली र पाकिस्तानी साहित्यलाई एकअर्का मुलुकका शिक्षा प्रणालीमा पनि सामेल गर्न सकिनेबारे भेटमा छलफल भएको थियो ।

राजदूत अधिकारीले प्रा. खुशलाई सरदार रुद्रराज पाँडेको उपन्यास ‘रूपमती’को उर्दू अनुवादित प्रति हस्तान्तरण गरेका थिए ।

सन् १९७६ मा स्थापित पीएएल पाकिस्तान सरकारको राष्ट्रिय एकेडेमी हो, जसले पाकिस्तानको साहित्य क्षेत्रमा आफूलाई केन्द्रित गरेको छ । र, यो पाकिस्तानको सबैभन्दा ठूलो विद्वत समाज पनि हो ।

प्रकाशित मिति: ०७:१२ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्